कावासोतीमा नगर स्तरिय पाँचौं राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न

नवलपुर,कावासोती । नवलपुरको कावासोतीमा नगर स्तरिय राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । आज कावासोती–१७ मा रहेको सरस्वती मावि गोछडामा ५ औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सप्पन्न भएको हो । तीन दिन सम्म चलेको प्रतियोगिताको निवर्तमान गण्डकी प्रदेश सभा सांसद बिष्णु प्रसाद लामिछानेले समापन गर्नु भएको हो ।

प्रतियोगितामा कावासोती नगरपालिका भित्रका २७ माध्यामिक बिद्यालय र ३ वटा कलेज गरि ३० वटा विद्यालयहरुको सहभागिता रहेको थियोे । प्रतियोगितामा एथलेटिक्स तर्फका विभिन्न बिधा सहित भलिवल, कपर्दी, टेकवान्दो र सितोरिया तर्फका १७ खेलहरु खेलाइएको थियोे । तिन दिनसम्म चलेको प्रतियोगिताबाट प्रथम र द्धितिय हुने खेलाडि जिल्ला स्तरिय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगतामा छनौट भएका छन् । कावासोती नगरपालिकामा विभिन्न स्थान जित्नेहरुमा ८ स्वर्ण ५ रजत ३ कास्य सहित जनता मा.बि बिष्णु नगर प्रथम, ७ स्वर्ण २ रजत २ कास्य सहित जनता मा. बि त्रिभुवनटार द्वितिय र ५ स्वर्ण ५ रजत र ४ कास्य सहित मध्यबिन्दु बहुमुखी क्याम्पस तृतीय भएका हुन ।

समापन कार्यक्रममा बौल्दै प्रमुख अतिथि निवर्तमान प्रदेश सभा सदस्य लामिछानेले खेलकुद स्वाथ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भएको र अब खेलाडीलाई अरु पेसामा जस्तै नाम र दाम हुन सके मात्र नेपाली खेल जगतको बिकास र खेलाडी पलाएन रोकिने बताउनुभयो । खेल क्षेत्रले व्यक्तीको स्वास्थ्यमा सुधार मात्रै नभई राष्ट्रलाई विश्वव्यापी रुपमा चिनाउन सहयोग पुग्ने बताउनु हुँदै सबै बिजेता खेलाडीहरु लाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रारम्भिक रुपमा खेलाडी उत्पादन गर्ने प्रमुख थलो भएको भन्दै उहाँले खेलमा सहभागि बिधालयहरु लाई समेत शुभकामना दिनु भयो ।

कार्यक्रम कावासोती नगरपालिका प्रमुख बिष्णु प्रसाद भुसालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख भुसालले विद्यालय स्तरमा खेल सुधारका लागि नगरले आगामी दिनमा विशेष खालको कार्यक्रम अघि बढाउने बताउनुभयो ।

समापन कार्यक्रम पूर्व भएको औपचारिक कार्यक्रममा नगरपालिका नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारी, १७ का वडा अध्यक्ष चुरामणि थनैत , वडा न १५ का वडा अध्यक्ष तेज कुमार श्रेष्ठ लगायन विभिन्न वडाका जनप्रतिनिधि , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन, नेपाल शिक्षक संघ नवलपुरका सचिव एवं जनता माविका प्र अ गिरिराज गिरी , सरस्वती माविमा प्र अ फणेन्द्र पौडेल, खेल संयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युक्त प्रसाद गौडेल मध्यबिन्दु बहुमुखी क्याम्पका प्रमुख गणेश मान गिरि लगायतको उपस्थिती रहेको थियो । आगामी २०८० सालको छैठाैं नगर स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शान्ति निकुञ्ज मा. बि कावासोती १२ पिठाैलीमा हुने भएको छ भने कार्यक्रमको संचालन खेल संयोजक बिद्यालयका सहायक प्र.अ .डिल्ली राम न्यौपाने गर्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search