यती एयरलाइन्सको जहाज दुर्घटना, ३५ जनाको सव निकालियो

पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना हुँदा ३५ जनाको शव निकालिएको छ। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी टेकबहादुर अधिकारीले ३५ जनाको शव फेला पारिएको बताए।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो। विमान दुर्घटनामा ६२ जना नेपाली र १० जना विदेशी यात्रु रहेको खुलेको छ।

घाइतेहरुको उद्धार कार्य जारी छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएका कर्मचारी र नेपाली सेना र प्रहरीसहित स्थानीयहरुले दुर्घटनामा परेका घाइतेहरुको उद्धार गरिरहेका छन्।
– जुना पौडेल ( सेतो कागज )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search