नेकपा एमालेको भातृ संगठन प्रबासी नेपाली मञ्च कतारको राष्ट्रीय समितिको सदस्यमा हेमराज रिमाल (दिपक) मनोनीत भएका छन् । मञ्चका अध्यक्ष प्रभात त्रिपाठीको नेतृत्वको चौंथो नियमित बैठकबाट रिमाललाई राष्ट्रीय कार्यकारी समितिको सदस्यमा मनोनीत गरिएको संगठनका उपाध्यक्ष अफसर अली खानले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।
हेमराज रिमाल २००८ देखी कतारमा रहेका विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति हून् हाल ऊनी एक निर्माण ब्यबसायीक कम्पनीमा मार्केटिङ्ग मेनेजरको जिम्मेवारीमा रही काम गर्दैछन् भने उक्त कम्पनीको पार्टनरशिप बिजनेस म्यान पनी हून् ।
नेपालको गृहजिल्ला तेह्रथुम घर भई हाल कतारमा रहेका हेमराज रिमाल युवा ब्यबसायीको रूपमा पनी कतारमा परिचित छन् ।
Post Views: 99