नवलपुरमा सोयाविन भित्र किरा भेटिएपछि प्रशासनको अनुगमन

राजु सुवेदी / कावासोती
तरकारीको रुपमा प्रयोग हुने सोयाविन (मस्यौरा) मा किरा भेटिएको सुचना पाएपछि नवलपुरका सम्बन्धीत निकायको अगुवाईमा अनुगमन गरिएको छ ।
सोमबार कावासोती नगरपालिका वडा नम्बर १७ गोछडाको छन्नु खाजा घरमा गरिएको अनुगमनमा किरा लागेको सोयाविन बेच्न राखिएको भेटिएको हो । स्थानियले किनेर लगेको सोयाविनमा किरा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

उत्त खाजा घरबाट किरा लागेको सोयाबिन र समय गुज्रेको पानीपुरी मसला, कुकिज विस्कुट र २५ लिटर घरेलु मदिरा बरामद गरिएको छ ।

किरा भेटिएको सोयाविन न्यु ओम फुड्स रुपन्देहीले उत्पादन गरेको भेटिएको छ । उत्पादन मिती नसकिदै किरा भेटिएपछि अनुगमन गरिएको जिल्ला प्रशासन कार्यलयका प्रतिनिधीले बताए ।

जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यलय,पर्यटन तथा उद्योग कार्यलय,उद्योग वाणिज्य संघ का प्रतिनिधी र पत्रकारको उपस्थितीमा सोमबारै विभिन्न पसलमा समेत अनुगमन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search