नवलपुरमा मोटरसाइकल चोरि गर्ने चोर पक्राउ

कावासोती । नवलपरासी (पूर्व) कावासोती न.पा. वडा नं. ८ बाट लु २३ प ७०२८ नं.को चोरी भएको मोटरसाइकल भेटिएको हो । मिति २०७९।०९।०७ गते जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा. वडा नं. ८ बाट लु २३ प ७०२८ नं. को मोटरसाइकल चोरी भएको भनि जिल्ला प्रहरी कार्यालयमा निवेदन पर्ना साथ बिभिन्न स्थानहरुमा खोज तलास गर्ने क्रममा मिति २०७९।०९।१३ गते जिल्ला नवलपरासी (पश्चिम) अन्तर्गत पर्ने भुजुवा भन्ने स्थान बाट उक्त मोटरसाइकल चोरी गर्ने व्यक्तीहरु सहित मोटरसाइकल बरामत गरिएको जिल्ला प्रहरी कार्यलय नवलपुरले बताएको छ ।
जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा. वडा नं. ८ बस्ने बर्ष ४१ को लक्ष्मण श्रेष्ठ र कावासोती १० बस्ने बर्ष ४२ को अचम्म परीयार पक्राउ परेको हुन निज व्यक्तीहरुलाई चोरी मुद्दामा अनुसन्धान भई रहेको कार्यलयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search