अंग्रेजी नया बर्षमा काठमाडौं म्युजिकल ब्यान्ड कतारले धमाका गर्ने

ध्रुब क्षेत्री ,दोहा।
समाज सेवाका अनेकन माध्याम हुन्छन समाजमा बस्तुवत समाज सेवा भन्नाले समाजका बिकृति बिरुद्द बोल्नु ,लेखेर सचेत बनाउनु , तल्लो बर्ग जो समाजका हुने खाने वा सिमित माथिल्लो बर्ग भनिएका बाट हेपिएका छन् वा स्रोत र साधनको पौचबाट बन्चित भएका छन् तिनका हितमा गरिने निस्वार्थ सहायता भन्ने बुझिन्छ। त्यस्तै बिदेशमा बसेर वा विदेश मा भएका नेपाली समुदायमा पनि आफ्नो काम गरेर रहेको केहि समयाको सदुपयोग कुनै न कुनै ठाऊमा प्रयोग गरेर समाजको हितमा लाग्ने ब्यक्तिहरु देखिन्छन ।

समाज सेवाकै उदेस्यका साथ् एउटा छुटै प्रकृतिको सामाजिक अभियानमा लागेका स्याङ्गजाका रोसन अर्याल लगायतको टिमले काठमाडौं म्युजिकल ब्यान्ड दोहा कतार नामक बिशुद्व सास्कृतिक संस्था खोलेर कतारमा रहेका गला र कला भएकाहरुले आफ्नो सिपको प्रयोग गर्न पाउने तथा अन्य क्षेत्रमा रहेका कलाकार तथा मजदुरका हितमा राहत दिन सकिने उदेस्यका साथ अभियानमा लागेको बर्षौ भै सकेको छ । सोहि उदेस्यका साथ आगामी जनवारि ६ तारिक शुक्रबारका दिन आईडल इंन्डियन स्कुल, अबुहामोर,कतारमा बिहान ११:०० बजे देखि साझ ६:०० बजे सम्म काठमाडौं म्युजिकल ब्यान्डको दोस्रो प्रस्तुती “कलाकार आकष्मिक कोष निर्माण सहयोगार्थ” बिभिन्न मनोरञ्जनात्मक साङ्गितिक कार्यक्रम अंग्रेजी नयाँ बर्ष २०२३ को पावन अवसरमा लाईभ म्युजिक धमका आयोजना गर्न लागेको सस्थाका संयोजक रोसन अर्याल ले बताउनु भएको छ, साथै उहाले पत्र मार्फत सामाजिक संस्था तथा बैचारिक र समाजका अगुवाहरुलाई निमन्त्रणा गरेको तर कुनै कारणवस नपुगेमा उहाको ब्यक्तिगत फेसबुक तथा संस्थाको पेजमा राखिएको सूचनालाइ आधार मानेर उपस्थित भैदिन पनि अनुरोध गर्नु भएको छ ।

समाजका हितमा र समुदाले गरेका हरेक सामाजिक अभियानमा आफुले जुन तवरबाट सकिन्छ त्यसमा सकेको सहयोगका साथ निस्वार्थ हातेमालो गर्न काठमाडौं म्युजिकल ब्यान्ड कतार ले आफ्नो फेसबुक मार्फत सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search