प्रधानमन्त्री सहित ८ जनाले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ८ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति निवास शितल निवासमा सोमबार उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ लिनेहरूमा उपप्रधानमन्त्रीत्रय विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने छन्। पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले गृह मन्त्रीको रूपमा शपथ लिएका हुन्।

मन्त्रीका रूपमा शपथ लिनेहरूमा दामोदर भण्डारी, राजेन्द्र राई, अब्दुल खान र ज्वालाकुमारी साह छन्। मन्त्रीहरूको मन्त्रालय तोकिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search