मधेसमा घरका भित्ता लिप्न प्रती घर १० हजार सहयोग गर्ने सरकारको तयारी

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

सरकारले तराईका नागरिकलाई शीतलहरको जोखिमबाट जोगाउन घरका भित्ता माटोले लिपपोत गर्ने योजना कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सरकारले यो योजना कार्यान्वयनमा ल्याउन लागेको हो ।

यसका लागि प्रतिघर १० हजार रुपैयाँ वितरण गर्ने तयारी छ । सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासनको समन्वयनमा उक्त रकम सेवाग्राहीलाई वितरण गरिनेछ । उक्त रकमले चिसो नछिर्ने गरी घरका भित्ता लिपपोत गर्नुपर्नेछ । प्राधिकरणले यसको निर्णय गरिसकेको छ ।

प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेलले तराईका नागरिकलाई शीतलहरबाट जोगाउन घरका भित्ता लिपोपोत गर्ने योजना कार्यान्वयनमा ल्याइएको बताए । ‘चिसो सुरु भइसकेको छ । चिसोबाट प्रभावित हुनेको तथ्यांक मुलुकभरिबाट आउन सुरु गरिसकेको छ । विशेषगरी तराईका जनता शीतलहरबाट अन्यको तुलनामा बढी प्रभावित हुने गर्छन् । यसलाई न्यूनीकरण गर्नु सरकारको कर्तव्य हो,’ उनले भने, ‘त्यसका लागि उनीहरूका घरका भित्ता लिपपोत गर्ने योजना कार्यान्वयन गर्ने भएका छौँ । प्रतिघर दश हजार रुपैयाँ खर्च गरे पुग्छ । निर्णय भइसकेको छ । यो काम अब धमाधम अघि बढ्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...