सरकारलाई समर्थन गर्नेछौ तर मन्त्रालयको बिषयमा टुंगो अब छिटै लाग्नेछ – मुकुल ढकाल

काठमाडौं । बालकोट बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालका अनुसार सरकारलाई समर्थन गर्ने निर्णय भएको छ ।

उनका अनुसार पार्टी सरकारमा जाने मोटामोटी सहमती भएको छ । उनले भने, ‘सरकारमा जाने मोटामोटी सहमती भएको छ । तर, अब मन्त्रालयको विषयमा भने टुंगो लगाउन बाँकी छ ।’

मन्त्रालयको विषयमा भोलिसम्म टुंगो लगाउने उनले बताए । उनले भने, ‘सरकारलाई समर्थन गर्ने र सरकारमा जाने विषय आज टुंगियो । मन्त्रालयको विषय पार्टीमा छलफल गरेर भोलिसम्म टुंगो लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search