विनोद चौधरीले खरिद गरे श्रीलंकाको आठौँ ठूलो बैंक

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले आर्थिक संकटले ग्रस्त श्रीलंकामा आठौँ सबैभन्दा ठूलो बैंक खरिद गरेका छन् ।
यसभन्दा अगाडि उनले सन् २००१ मा इन्डियन होटल्स कर्पोरेसन लिमिटेड (आईएचसीएल)सँगको संयुक्त उपक्रम (जेभी) मा चर्चित ताज समुद्र कोलम्बोमा चौधरीले महत्वपूर्ण लगानी गरेका थिए ।

नेपालको चौधरी ग्रुपले सीजी क्यापिटल पार्टनर्सको माध्यमबाट युनियन बैंक (यूबीसी)मा ७०.८४ प्रतिशत सेयर खरिद गरेको हो । सिंगापुरमा एक निजी इक्विटी कम्पनी सीजी कर्प पनि यो खरिदमा सहभागी भएको बताइएको छ । यो नौ अर्ब १० करोड श्रीलंकाली रुपैयाँबराबरको लगानी हो ।

नेपाली अर्बपति विनोद चौधरीका अनुसार यो समय श्रीलंका कठिन समयबाट गुज्रिरहेको छ र आईएमएफको माध्यमबाट विदेशी लगानी जुटाउन संघर्ष गरिरहेको छ ।

‘ऋणका कारण पनि बैंक दबाबमा रहेको र यी सबै आर्थिक झट्काका बाबजुद हामीले श्रीलंकामा लगानी गर्ने फैसला गरेका हौँ’, उनलाई उद्धृत गर्दै भनेको छ, ‘हामीलाई थाहा छ यो कठिन हुनेवाला छ तर हामी श्रीलंकालाई भरोसा दिन चाहन्छौँ ।’

यही डिसेम्बरको पहिलो तारिखमा कोलम्बो स्टक एकसचेन्जमा यो लेनदेनको घोषणा भएको थियो । त्योसँगै बैंकको सेयर १३.३ प्रतिशतले बढेर ८.५० श्रीलंकाली रुपैयाँमा बन्द भएको थियो । यूबीसीमा अधिकांश सेयरको अधिग्रहणसँगै श्रीलंकामा आठौँ सबैभन्दा ठूलो सूचीकृत बैंक समूले श्रीलंकामा वित्तीय सेवा उद्योगमा आफ्नो पहिलो सुरुवात गरेको छ ।

सीजी नबिल बैंकको सबैभन्दा ठूलो सेयरधनी हो । चौधरीले यसअघि श्रीलंकाको हस्पिटालिटी क्षेत्रमा लगानी गरिसकेको छ । जसको अहिले छ देशमा ११ सम्पत्तिमा आईएचसीएलसँग साझेदारी रहेको छ ।

चौधरी सन् २०१३ बाट फोब्र्स म्यागजिनको अर्बपति सूचकांकमा समावेश भएका थिए । उनको श्रीलंकासँग लामो मित्रता छ । उनले जेटविंग होटल्स ग्रुप र सीलोन होटल्स कर्पोरेसनसँगको साझेदारीमा १२ अन्य सम्पत्तिमा पनि लगानी गरेका छन् । सीजी हस्पिटालिटी होल्डिंग्स, सीजी कर्प ग्लोबलको १२ देशमा १४१ भन्दा धेरै होटल र रिसोर्ट रहेका छन् । यो ग्रुपले सन् २०२५ सम्म दुई सयभन्दा धेरै होटल बनाउने आशा गरिएको छ ।

सीजी कर्प ग्लोबलको १४० वर्षे विरासतसँगै १२३ ब्रान्ड, १६० कम्पनी, १५ हजारभन्दा धेरै कर्मचारी र धेरै क्षेत्रमा ३२ देशमा व्यवसाय फैलिएको छ । भारतमा पनि सीजी हस्पिटालिटी दुई दशकयता उपस्थित छ । १९९० को दशकको मध्यतिर सीजीले भारतमा व्यवसाय विस्तार गरेको छ । भारतमा सात अलग स्थानमा उत्पादन उद्योग र राजस्थानमा मेगा फृुड पार्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...