अर्जेन्टिना र अष्ट्रेलिया भिड्दै कस्ले मार्ला बाजि

विश्वकप अन्तरगत क्वार्टरफाइनल प्रवेशका लागि अर्जेन्टिना र अस्ट्रेलिया भिड्दैछन् । राउण्ड अफ १६ को दोस्रो खेल आइतबार राति पौने १ बजे कतारको अहमद् बिन अली स्टेडियममा हुँदैछ ।

विश्वकपको दाबेदार मानिएको अर्जेन्टिना र एसियाली मुलुक अस्ट्रेलियाबीच सन् २००७ पछि पहिलो पटक मैदानमा भेट हुन लागेको हो । सन् २००७ को मैत्रीपूर्ण खेलमा अर्जेन्टिना १–० ले विजयी भएको थियो । अस्ट्रेलियाले अर्जेन्टिनालाई हालसम्म एक पटकमात्रै हराउन सकेको छ । सन् १९८८ मा अस्ट्रेलियालाई ४–१ ले हराएको थियो ।                         समूह सीको अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह डीको अस्ट्रेलिया उपविजेता बन्दै अर्जेन्टिनासँग भिड्न आइपुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search