फिफा विश्वकपः अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

अमेरिकालाई पराजित गर्दै नेदरल्यान्ड्सले कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

शनिबार राति भएको अन्तिम १६ को खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ गोलअन्तरले पराजित गर्‍यो ।नेदरल्यान्ड्सलाई जित दिलाउन मेमफिस डिपे, डिले ब्लाइन्ड र डेन्जल डमफ्रिजले एक-एक गोल गरे । अमेरिकाका लागि हाजी राइटले एक गोल फर्काए ।

मेमफिसले १० औँ मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाउँदा ब्लाइन्डले पहिलो हाफको इन्जुरी समयमा अग्रता दोब्बर बनाए ।

अमेरिकाका राइटले ७६ औँ मिनेटमा गोल गर्दै गोल अन्तर कम गरेपनि डेन्जलले नेदरल्यान्ड्सका लागि ८१ औँ मिनेटमा गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search