नवलपरासीमा जीप दुर्घटना हुँदा चारको मृत्यु, आठ घाइते

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को धौवादीमा जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।

दुर्घटनामा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका–२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका आठ जनाको चितवनमा उपचार भइरहेको छ । चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरई, सजन दरई, सुना सुनार र उत्तम क्षेत्री घाइते भएका हुन् ।

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ज–०००६ नम्बरको जीप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना भएको हो ।

जीप ‘ब्रेक फेल’ भएर भित्तामा ठोक्किएर सडकबाट करिब ३०० मिटर तल खसेको जिपका सहचालक देवबहादुर नेपालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search