अर्जेन्टिनासँगको खेल जितेको खुसीयालीमा भोलि साउदीमा सार्वजनिक बिदा

काठमाण्डौ – अर्जेन्टिनासँगको खेल जितेको खुसीयालीमा साउदीले भोलि बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कतारमा भइरहेको फिफा विश्वकप २०२२ को समूह चरण अन्तर्गत साउदी अरेबिया र अर्जेन्टिनाबीच आज भएको खेलमा २–१ को गोल अन्तरले साउदीले अर्जेन्टिनालाई हराएको थियो ।

भोलि साउदी अधिराज्यभरका सम्पूर्ण सरकारी कार्यालय, निजी क्षेत्र, क्याम्पस तथा विद्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावास पनि भोलि बन्द रहने छ ।

साउदीमा रहेको नेपाली दूतावासले टिम साउदीलाई बधाई दिँदै यो खुसीको क्षणलाई साउदी सरकार र नागरिकहरूसँग  बाँड्न चाहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search