बाजुरामा मतपेटिकामा आगो लागेपछि मतदान स्थगित

बाजुराको प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदानस्थलको (क) केन्द्रस्थित प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको छ । मतपेटीकामा आगजनी भएपछि अहिले यहाँ मतदान कार्य रोकिएको छ ।

मतदान अधिकृत रामकुमार यादवले भने ‘मतदातालाई मतपत्र दिएर मतदानका लागि पठाउँदै गर्दा मतपेटिकामा एकाएक धुवाँ निस्किएको देखियो । तर आगजनी कसरी र कसले गरेको भन्नेबारे थाहा हुन सकेको छैन ।’ कुल ८४० मतदाता रहेको यस केन्द्रमा ५२८ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search