नवलपुरमा फेला परेको संकास्पद बस्तु नेपाली सेनाको टोलि द्वारा डिस्पोज

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु-१३ कोटथरको भेडाबारी जाने चोकमा फेला परेको शंकास्पद फेला बस्तु नेपाली सेनाको टोलिले आज बिहान डिस्पोज गरेको छ ।

उक्त शंकास्पद बस्तु बम नभई उक्त बस्तु अर्धबम (हुक्स) अर्थात क्षतविक्षत नगर्ने तर ठुलो आवाज दिने बस्तु रहेको प्रहरीले जनाएको छ ।

बिहान ७:३० बजे नेपाली सेनाले डिस्पोज गरेको शंकास्पद बस्तु (कुकर) भित्र पटका भरेर राखिएको थियो । प्रेसर कुकरमा प्लास्टिक बेरिएको र खतरा लेखिएको अवस्थामा हिजो साँझ शंकास्पद बस्तु फेला परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search