यूवाहरुको नाममा अपिल ! आउनू्‍होस् युवा हाम्रा सपना सँगै मिलेर साकार पारौँ : सुरेश भट्ट

यूवाहरुको नाममा अपिलः
आउनू्‍होस् युवा हाम्रा सपना सँगै मिलेर साकार पारौँ ।।

प्रिय युवा साथीहरू,
तपाईँलाई थाहा नै छ, आगामी मंसिर ४ मा सम्पन्न हुन गईरहेको संविधानसभाको निर्वाचनमा मिलन पाण्डे काठमाण्डौ क्षेत्र नं ९ र पुकार बम काठमाण्डौ क्षेत्र नं १, रञ्जु दर्शना, डा. तोसिमा कार्की, सोविता गौतम, विराजभक्त श्रेष्ठ, मानुषी यमी भट्टराई, अब्दुस मिया, डा. प्रणय राणा, सागर ढकाल, सस्मित पोख्रेल लगायत दर्जनौँ युवाहरू प्रत्यक्षतर्फको उम्मेदवारको रुपमा तपाईँहरूको घरदैलोमा आईसक्नु भएको छ।

मैले खाडी मुलुक कतारमा बसेर तपाईँ कयैन युवा साथीहरूको विचमा आशा र भरोसाको उज्यालो युवा उम्मेदवारहरूलाई देख्न पाँउदा अत्यन्तै खुशी भएको छू । युवावयकी परिवर्तनकारी सोच सकारात्मकतातर्फ उन्मुख भएको अनुभूति गर्न पाउँदा तपाईँ युवाहरू प्रति मलाई विश्वास बढेको छ । यसर्थ तपाईँहरू धन्यवादको पात्र हूनूहून्छ, हार्दिक धन्यवाद!

युवा साथीहरू,
म झण्डै ८/९ बर्षअघी गहभरी आँशु झारेर कतार आउँदाको कतार र यो ८/१० बर्षमा विश्वकप फुटबल प्रतियोगिता खेलाउन समक्ष भएको कतारको यो कायापलट अकल्पनीय छ l यती छोटो अवधिमा यती द्रुतविकास देखेका लाखौँ-लाख नेपाली आँखाहरूले मनको आँखीझ्यालबाट नेपाल चिहाउदाँ हिजो हरियो पासपोर्ट बोकेर पहिलो पटक हवाईजहाज चढ्न त्रिभुवन विमानस्थलमा खसेका आँशुहरू आज आफ्नै देश नेपाल सम्झदा पुनः खस्छन् किन? नेपालको राजनीतिक अवस्था दिनानुदिन विकराल बन्दैजानुको कारण होईन? यसको कारण सहित निराकरण खोजौँ ।

१० वर्ष पहिलेको नेपाल ‘One of the poorest countries in the world’ परिचय दिने थियो । अहिले १० वर्ष पछिपनी यही अवस्थामा किन छ, हाम्रो देश नेपाल? सम्झदा मात्रै पनि अत्यन्तै दु:ख र दिक्क लाग्छ।

युवा साथी‍हरू! यसपालीको निर्वाचनमा अव पनि केहि गरेनौँ भने निश्चित छ, भावि पुस्ताले पनि यही हाम्रो नियति र गरिव देशको नागरिकको परिचय बोकेको पासपोर्ट बोक्नेछ, यही विशेषता नै हाम्रो नियति वन्नेछ। हामी आफ्नो निजी परिचय त एकल प्रयत्नले वदल्न सकौंला! तर राष्ट्रिय पहिचान वदल्नका निम्ति भने तपाईँ हामी युवाहरूको साझा संकल्प चाँहिदो रहेछ। मेरो एउटा सपना छ- ‘मंसिर ४ युवाको सरकार’ म चाहन्छु, यो सपना हाम्रो पुस्ताको साझा सपना र संकल्प वन्न सकोस् त्यसका लागि हरेक युवाहरूले युवा उम्मेदवारहरूलाई साथ दिउन् भोट दिउन् तपाईँ हाम्रो विदेशमा रहेका दाजुभाई दिदीबैनीलाई अपमानित रोजगारीको जीवन चाहिएको छैन। आफ्नै जीवनकालमा शान्त एवं समृद्ध नेपाल र सुखी एवं सम्मानित नेपाली जीवन चाहिएको छ। नेपालमै रोजगारीको प्रयाप्त अबसर चाहिएको छ । रातो बाकसमा घर फर्किने सिस्टमको अन्त्य चाहिएको छ ।

अहिले नेपालमा उमेद्वारी दिएका अधिकांस राजनीतिक, स्वतन्त्र युवा उम्मेदवारहरूको लक्ष पनि(माथि मैले भनेजस्तो) यही नै हो। लोकतान्त्रिक मानवताको मुल्य सहितको शान्त र समृद्ध नेपाल नै हामी सवैको साझा सपना हो। मलाई पनि तपाईँलाई जस्तै परिवर्तनको तिर्खा छ । तिव्र चाहना छ तर हाम्रो यो चाहनालाई मुर्तरुप दिन पनि अहिलेको राजनीति ठिक हुनै पर्छ।

देशको विकृत राजनीतिक अस्तब्यस्ततालाई ठिक बाटोमा डोर्‍याउने एकमात्र वाटो निर्वाचन हो । यस निर्वाचन पश्चात् निर्वाचित युवाहरूले संविधानसभावाट संविधानका विवादित मुद्दाहरूलाई संशोधन गरेर टुङ्गाएर सहभागितामुलक लोकतन्त्रको जगमा समृद्धिको खोजि गर्नेछन्। मैले यो भन्दै गर्दा तपाईँलाई विश्वास नलाग्न सक्छ। म बुझ्दछु, तपाईंहरूमा पूराना राजनीतिक नेतृत्व र कार्यशैली प्रति अविश्वास, आक्रोश र निराशा छ । म मा पनी छ । फरक यत्ति हो मैले यसपाली चुनाव लडेका अधिकांश युवाहरू संग (एकाध संग चुनावी घोषणापत्रमा) काम गरेको छू । उनिहरूलाई नजिकबाट पढेको छू, बुझेको छु । वास्तविक कुरा- पोखरी फोहोर छ, भनेर डिलमा वसेर हेरिरहनुभन्दा आफै पोखरीमा हाम्फालेर फोहोर सफा गर्नुपर्छ भन्ने लागेर राजनीतिकै माध्यमवाट समाज र देश परिवर्तन गर्न सकिन्छ भन्ने विश्वासका साथ चुनावी मैदानमा क्रियाशिल भएको युवा हून् ।

मंसिर ४ मा हामिले युवाहरूलाई मत दिएर पठायौँ भने राजनीतिक संक्रमणको यो चरण सकिएर लोकतान्त्रिक स्थायीत्वको बाटोमा नेपाल प्रवेश गर्नेछ । हाम्रा अगाडि असंख्य संभावनाका ढोकाहरू खुल्नेछन् ति संभावनाहरूप्रतिको तपाईँ हाम्रो विश्वास भनेको यिनै युवा उम्मेदवारहरूको चट्टानी आत्मविश्वास हो। त्यसका केहि आधारहरू छन् यि युवाहरूले राजनीतिलाई पेशा होईन सेवा बनाउनेछन् राजनीतिसंगै उद्यमशिलताको शुरुवात गर्नेछन् गरेकाछन् नेपाल भित्र र वाहिर रहेर केहि सिकेर समृद्ध नेपाल निर्माणमा योगदान गर्न पर्खिबसेका हामी जस्ता लाखौँ युवा उनिहरूको आत्मविश्वासको जग हो ।

हरेक नागरिकको नाना, खाना, छाना, शिक्षा, स्वास्थ्य र क्षमताअनुसारको रोजगारीको जीम्मेवारी राज्यको हुनेछ। यिनीहरु यसमा प्रतिबद्ध छन् हरेक व्यक्तिको क्षमता र प्रतिभाको प्रष्फुटनका लागि राज्यले वातावरण बनाउन र पुर्णत: कानुनी शासन हुनेछ । विश्वमानचित्रमा सम्पन्न मुलुक, सम्मानित नागरिकको रुपमा नेपाल र नेपालीको पहिचान हुनेछ ।

अनन्त संभावना र आत्मविश्वास भएका यस्ता युवाहरूको ज्ञान सीप र जाँगरले नै यो देश वनाउने हो । संसारमा कुनै पनि मुलुक युवाको क्षमता र उर्जाको सदुपयोग नगरिकन समृद्धिको खुड्किलो चढेका छैनन् मंसिर ४ युवाहरूको पहिलो खुड्किलो हो । त्यस दिन तपाईले गर्ने निर्णयले नै तय गर्नेछ हाम्रो सपनाको मार्गचित्र र देशको परिवर्तन ।

हामीले मुलुकलाई यो राजनीतिक चक्रव्युहवाट वाहिर निकाल्नै पर्छ । हाम्रा अग्रजहरूले धेरैपटक राजनितिक लडाई लड्नुभो हामीले पनि लड्यौ । त्यही लडाइँ र आञ्दोलनको जगमा प्राप्त राजनीतिक उपलब्धि हाम्रो अग्रजहरूको सम्मानका लागी बाँचिराखोस् अव राजनीतिक लडाईलाई यहीँ अन्त्य गरौं र समृद्ध नेपाल निर्माणका लागि युवा-युवाविच हातेमालो गरौं । हाम्रा अग्रजहरूलाई स-सम्मान आराम गर्न दिउँ l
मलाई विश्वास छ तपाईको मत, तपाईको व्यक्तिगत स्वतन्त्रताको पक्षमा हुनेछ, तपाईका अवसरका ढोका वन्द गर्नका निम्ति होईन तपाईको प्रतिभा र क्षमता उजागर गर्नका निम्ति हुनेछ, अहिंसा, शान्ति, सद्भाव र सहिष्णुताका पक्षमा हुनेछ, आर्थिक समृद्धि, सामाजिक न्याय र समतामुलक समाज निर्माणको पक्षमा हुनेछ।

मंसिर ४ युवाको सरकार !

तपाईँकै
सुरेश भट्ट आश्रिन, हाल कतार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search