निर्वाचनमा जिताउनुस् भ्रष्टाचार निर्मूल पार्छौं: अध्यक्ष लामिछाने

नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा जिताए देशको मूल समस्या रहेको भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पूर्वी नवलपरासीको कावासोतीमा आयोजित चुनावीसभामा लामिछानेले आफ्नो दलले बहुमत प्राप्त गरेमा अहिलेसम्मका भ्रष्टाचारका मुद्दाको छानविन गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने बताउनुभयो ।

“एकपटक हामीलाई विश्वास गरेर भोट दिनुस्, हामी तपाईंको विश्वास गुम्न दिने छैनौँ”, लामिछानेले भन्नुभयो, “अहिलेको चुनावले तपाईंको सन्तानको भविष्य कोर्नेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search