गोरखा–२ः प्रचण्डविरूद्ध चुनावी मैदानमा उत्रिएका एमालेका अब्दुसको टोलीमाथि वाईसीएल आक्रमण

काठमाडौं– सत्ता गठबन्धनका एक मियोँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोरखा–२ मा एमालेबाट मैदानमा रहेका अब्दुस मियाँको टोलीमाथि योङ कम्युनिस्ट लिग (वाईसीएल)को समूहले आक्रमण गरेको छ।

आइतबार राति अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको टीमलाई आक्रमण गरेको हो। उक्त समूह माओवादी परिचालित भएको बताइन्छ।

आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड हुँदा खाइरहेको खाना छरिएको छ। अब्दुस मियाँलाई आक्रमण गर्ने योजनासहित आएको टोलीले उनको टिममाथि जाइ लागेको थियो। सो समयमा अब्दुस चुनाव प्रचारमा थिए।

आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ। आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले राम सापकोटा र अजित पन्तलाई प्रहरी नियन्त्रणमा लिएको छ।

घटनामा संलग्न रहेका अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सत्ता गठबन्धनले आइतबार मात्रै चितवनको इच्छामनकामना गाउँपालिकामा चुनाव प्रचारका क्रममा गइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीको टोलीमाथि आक्रमण गर्नुका साथै गाडी तोडफोड गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search