चितवनबाटै गठबन्धनको विजयी र्‍याली सुरुवात गर्ने चाहाना छ : प्रधानमन्त्री देउवा

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

शनिवार भरतपुरमा आयोजना गरिएको सत्ता गठबन्धनको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चितवनबाटै गठबन्धनको विजयी र्‍याली सुरुवात गर्न चाहेको बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनले चितवनबाटै विजयी सुरुवात गरेको स्मरण गर्दै उनले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । गठबन्धनका उम्मेदवारलाई जिताउन भूमिका खेले विकास कोइरालाको कारबाही समेत फुकुवा गर्ने उनले बताएका हुन्। उनले भने गठबन्धनका उमेदवारलाई जिताउनुस भोलिपल्टै कारबाही फिर्ता हुन्छ ।

कारबाही भएको पनि १० वर्ष भैसकेको रहेछ मलाइ त थाहा पनि थिएन । चुनाव जिताएको भोली पल्ट कारबाही फुकुवा हुन्छ । कोइरालाको कारबाही फुकुवाको माग गर्दै नेता तथा कार्यकर्ताले आमसभा स्थलमा नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...