चितवन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चुनाव लड्न गोरखा गए पनि चितवनप्रति नै चिन्ता र चासो रहेको बताएका छन् ।
चुनावी सभालाई सम्बोधन गर्न चितवन पुगेका प्रचण्डले शनिबार यस्तो बताएका हुन् ।
‘म चितवनबाट निर्वाचन लड्न गोरखा गए पनि मेरो घर चितवन नै हो र चितवनको विकास निर्माण र समृद्धिमा मेरो चासो र चिन्ता छ । यसर्थ, तपाईंहरूलाई मेरो सहयोग निरन्तर जारी रहनेछ’, प्रचण्डले भने, ‘म चितवनकै हो र यहाँको विकासको हमेसा चिन्ता रहनेछ ।’
त्यस्तै, उनले गोरखा जानुको पछाडि केही कारण रहेको र त्यसलाई बुझिदिन चितवनबासीलाई आग्रह गरे ।
‘म गोरखा जानुको पनि केही अर्थ छ । त्यहाँका जनताको म ऋणी छु । गोरखा जानुको अर्थ मैले चितवन छोडेको होइन’, उनले भने ।
प्रचण्डले चितवन निर्वाचन क्षेत्र नम्बर ३ छोडेर योपटक गोरखा २ बाट उम्मेदवारी दिएका छन् ।
Post Views: 1,077