‘लौरो अभियान’ले अघि सार्‍यो सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवार

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासँग डडेलधुरामा प्रतिस्पर्धा गरिरहेका सागर ढकाललाई हाम्रो नेपाल पार्टी (लौरो अभियान)ले प्रधानमन्त्रीको रुपमा अघि सारेको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टीका अध्यक्ष ई अनन्तराज घिमिरेले ४ मंसिरको चुनावपछि बन्ने संसद्मा ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याउने प्रस्ताव गरेको हो । ढकाल स्वतन्त्र उम्मेदवारको रूपमा सुई चिह्न लिएर निर्वाचनको मैदानमा छन् ।

हाम्रो नेपाल पार्टीका नेताहरूले लौरो चुनाव लिएर ‘लौरो अभियान’ चलाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search