बझाङमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको पातादेवल केन्द्रविन्दु भएर ५ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का नेपालका कर्णाली, सुदूरपश्चिमलगायत भारतमा पनि महसुस भएको थियो । बीबीसी हिन्दीले सो भूकम्पको धक्का भारतको राजधानी दिल्लीसम्म झन्डै ५० सेकेन्डसम्म महसुस भएको लेखेको छ । शनिबार राती आएको भूकम्प एक साताभित्र पश्चिम नेपाल केन्द्रविन्दु भएर गएको दोस्रो भूकम्प हो ।
यसअघि गत बुधबार मध्यराति डोटी केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसक्रममा ६ जनाको मृत्यु हुनुका साथै केही मानिस घाइते भएका थिए । भूकम्पपछि डोटीमा सयौं पराकम्प पनि गएका थिए ।
Post Views: 86