काठमाडौंमा अब खुला रुपमा आगो बाल्न निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला रुपमा आगो बाल्न निषेध गरेको छ । महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै खुला रुपमा आगो बाल्ने तथा फोहोर जलाउने कार्य नगर्न निर्देशन दिएको हो ।

सूचनामा भनिएको छ, ‘वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी जलाउने कार्य प्रतिबन्ध लगाइएको जानकारी गराइन्छ । यस्तो कार्य कसैले गरेमा काठमाडौं महानगरपालिकाको वातावारण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम कारबाही हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search