इंग्ल्यान्ड तेस्रो पटक फाइनलमा पुगेको हो। यसअघि इंग्ल्यान्ड २०१० मा च्याम्पियन बनेको थियो। त्यस्तै इंग्ल्यान्ड २०१६ मा पनि फाइनलमा पुगेको थियो। जतिबेला वेस्टइन्डिज सँग पराजित भएको थियो। अब इंग्लिस टिमले पाकिस्तानसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

बिहीबार एडिलेडमा भएको सेमिफाइनलमा पहिले ब्याटिङ गर्दै भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्यान्डले विना विकेटको क्षतिमा २४ बल बाँकी हुँदै पूरा गर्‍यो।

इंग्ल्यान्डका लागि ओपनरद्वय एलेक्स हेल्स र जोस बटलरले पहिलो विकेटका लागि १ सय ७० रनको अविजित साझेदारी गर्दै टिमलाई जित दिलाए। जहाँ बटलरले ४९ बलमा ८० रन बनाउँदा ३ छक्का र ९ चौका प्रहार गरेका थिए। त्यस्तै हेल्सले ४७ बलमा ८६ रन बनाएका थिए। उनले ७ छक्का र ३ चौका प्रहार गरेका थिए।

त्यसअघि पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो। उसका लागि विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले। कोहोलीको यो जारी विश्वकपमा चौंथो अर्धशतक हो।त्यस्तै  उपाधिका लागि इंग्ल्यान्डले पाकिस्तानसँग १३ नोभेम्बरमा मेलवर्नमा प्रतिस्पर्धा गर्नेछ।