मंसिर ४ मा हुने निर्वाचनका लागि मतपत्र छाप्ने काम सम्पन्न भएको छ। कूल ८ करोड ३ लाख ९४ हजार ५०० मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभा प्रत्यक्ष तर्फ १ करोड ९८ लाख ७१ हजार मत पत्र छापिएको छ भने प्रदेशसभा तर्फ १ करोड ९९ लाख १८ हजार ५०० मतपत्र छापिएको छ ।
त्यस्तै प्रतिनिधिसभा समानुपातिक तर्फ २ करोड ४ लाख २१ हजार र प्रदेशसभा समानुपातिक तर्फ २ करोड १ लाख ८४ हजार मतपत्र छाप्ने कार्य सम्पन्न भएको छ । स्रोत : निर्वाचन आयोग
Post Views: 101