जेल गए सन्दीप लामिछाने, मुद्दाको निरन्तर सुनुवाइ हुने

१७ वर्षकी नाबालिग किशोरीमाथि बलात्कार गरेको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेले आफूले अदालतको आदेशको सम्मान गर्ने बताएका छन् ।

उनका कानुन व्यवसायीका अनुसार शुक्रबार अदालतले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेपछि लामिछानेले यस्तो बताएका हुन् ।

उनका अधिवक्ता मुरारी सापकोटाल थुनछेकको बहसपछि सन्दीपले यस्तो बताएको जानकारी दिएका हुन् ।
शुक्रबार काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो । एक किशोरीले बलात्कारको आरोप लगाउँदै किटानी जाहेरी दिएपछि सन्दीप २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

उनलाई केन्द्रीय कार्यालय सुन्धारा चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search