नवलपुर । आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागि ठुला दलहरु मात्र हैन, तिनै ठुला दलहरु सँग प्रतिस्पर्धा गर्न क्रस खुकुरी चिन्ह लिएर उठेका स्वतन्त्र उमेदवार चित्रघ्वज जि.सी. पनि घरदैलोमा ब्यस्त देखिन्छन ।
लामो समय देखि सामाजिक कार्य गरिरहेका जि.सी. २०३८ साल साउन १८ गते जन्मिएर देवचुली नगरपालिकाको रजहरमा रहेको देवचुली उच्च माध्यमिक बिद्यालय बाट शिक्षा हाँसिल गरि विभिन्न धार्मिक क्षेत्रहरुमा सहयोग र आजिवन सदस्य समेत रहि सेवा दिदै आएका छन। नवलपुरको एक मात्र प्राकृतिक चिकित्सालयमा पनि कार्यकारी सदस्य रहि चिकित्सालयलाई कसरी प्रभावकारी बनाउने र कसरी बिरामिलाई सौलियतमा उपचार गराउने भन्ने योजनामा लागिरहेको उमेदवार जिसीले बताए। रजहर जेसिसको स्थापना सँगै जेसिसमा अध्यक्षता रहि एक कार्यकाल सम्पन्न समेत गरेको र आफ्नो कार्यकालमा विकास र युवा परिमार्जन कसरी गर्ने र कसरी युवाहरु सँग सहकार्य गरि विकासको मोडालिटी तयार पार्न सकिन्छ भन्ने अनुभव बटुलेको उनी बताउछन ।
बिगत लामो समय देखि नेपाली काँग्रेसमा रहेर सक्रिय राजनिती गरेका युवा नेता जिसिले नेतृत्व परिवर्तनको माग गर्दै नवलपुर क्षेत्र नं. १ बाट स्वतन्त्र उमेदवारी दिएका हुन । युवाहरु माझ लोकप्रिय रहेका जिसिको निर्वाचको लागि घरदैलो अभियानले नवलपुरमा परिवर्तन ल्याउनेमा स्थानिय नागरिक बताउँछन । पुराना पार्टीहरु बाट परिवर्तन सम्भव छैन भन्दै आत्तिएका नवलपुरका नागरिक जिसीको स्वतन्त्र उमेदवारी प्रती आसा पलाएको घरदैलोको क्रममा गैंडाकोटका स्थानिय नागरिकले बताए । पार्टी पार्टी बिचको प्रतिस्पर्धा भन्दा पनि स्वतन्त्र उमेदवारले पक्कै पनि निश्पक्ष रुपमा काम गर्न पाउने र विकासको मोडालिटी छिटै तयार हुन सक्नेमा द्विमत नरहेको स्थानिय बताउछन ।
घरदैलो कार्यक्रमकै क्रममा मंसिर ४ गते हुने निर्वाचनको परिणाममा आफू स्वतन्त्र उमेदवार रहेका कारण जित सुनिश्चित रहेको र आफ्नो जित युवाहरुको जित हुने भएकाले जित सुनिश्चित गर्न सबैलाई आफ्नो चुनावचिन्ह क्रस खुकुरी चिन्हमा भोट गरि जिताउनु हुन सबैमा अनुरोध समेत गरेका थिए ।