लौरो चिन्ह बोकेर घरदैलोमा ब्यस्त, जित सुनिश्चित छ : तुलसी राम भुसाल

नवलपुर। आसन्न मंसिर ४ को निर्वाचनका लागि उमेदवारहरुको घरदैलो अभियान तिब्रताकारुपमा बढिरहेको छ। हाम्रो नेपाली पार्टीका नवलपुर क्षेत्र न. १ का प्रतिनिधिसभा सदस्य पदमा लौरो चुनाव चिन्ह लिएर उठेका उमेदवार तुलसीराम भुसाल पनि नवलपुरका विभिन्न क्षेत्रहरुमा यतिखेर घर देखि घर सम्म पुग्ने कसरतमा ब्यस्त देखिन्छन ।

शनिवार उनि घरदैलो अभियानकै क्रममा कावासोतीका केहि भागहरु साथमा देवचुली नगरपालिका र गैडाकोट नगरपालिका सम्म उनि र उनलाई साथ दिने सहकर्मीहरुको साथ आशिर्वाद थाप्दै गरेको अवस्थामा भेटिएका छन् ।

नवलपुरकै दिव्यज्वोती मा. बि. बाट प्राथमिक शिक्षा हालिस गरि जनज्वोती मा.बि. बाट एसएलसी परिक्षा उत्रीण गरि सरस्वती क्याम्पस बाट मास्टर डिग्री हासिल गरेका भुसाल आफुले बिदेशीहरुलाई गाईड गर्ने क्रममा बिदेशी टुरिस्टहरु सँग लिएको अनुभव र योजना अनुरुप अब देशमा परिवर्तन गर्न आफै मैदानमा नउत्रीए सम्म सम्भव छैन भन्दै लौरो चुनाव चिन्ह लिएर मैदानमा उत्रीएको उनी बताउछन ।

बा हरुलाई बिदाई गर्न आफू आएको र शासकिय स्वरुप परिवर्तन गर्नु पर्छ भन्दै समाज परिवर्तनका एजेन्डा बोकेर घर सम्म पुगेको उनले सेतो कागजलाई बताए । ब्यक्ती , बिचार र ब्यबस्था परिवर्तबका लागि आफ्नो उमेदवार रहेको भन्दै युवा एकता र आगामी दिनहरुमा साच्चिकै परिवर्तन नै खोजेका हौं भने युवाहरुबाट मात्र सम्भव रहेको उनले घरदैलोको क्रममा बताएका छन। घरदैलोको क्रममा उनका उमेदवारी र भिजन प्रती खुसी भएर सबैले टाउकोमा हात राखी आफ्नै छोरा समान मानेर आशिर्वाद समेत दिएका छन। अहिलेको निर्वाचनमा आफुले सोचे भन्दा राम्रो परिणाम पाउनेमा कुनै संका नै नभएको र यसै निर्वाचनमा पुराना बा हरुलाई बिदाई गरि युवाहरुले परिवर्तनशिल विकासमा देशलाई लैजाने छ भन्दै सबै नवलपुरका नागरिकहरु सँग ब्यबस्था परिवर्तनका लागि एक पटक चुनाव चिन्ह ” लौरो “मा भोट गरि जिताउन सबैलाई आग्रह समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search