कतार,
गत शुक्रवार नेपाली दूतावासमा सभाहलमा दसै, तिहार र छठ पर्वको शुभकामना कार्यक्रममा भएको हातपात प्रति गैरआवासीय नेपाली संघ कतारले विज्ञप्ति जारी गर्दै मो. मुक्तदा मूसलमानलाई कारबाही गरेको छ ।
प्रेस विज्ञप्ति
नेपाली दूतावासमा भएको घटनाप्रति गैरआवासीय नेपाली सङ्घ कतारको धारणा।
गैरआवासीय नेपाली सङ्घ स्थापनाकालदेखि नै समाजभित्र देखिएका बेथिति विसङ्गतिहरूलाई चिर्दै नेपाली समाजलाई मित्र बन्धुत्व, सहअस्तित्वको सहिष्णुतात्मक र भावनात्मक सम्बन्धमा एक सूत्रमा बाँधी प्रवासमा भए गरेका सुनौला अभ्यासहरू र यहाँ आर्जेका ज्ञान, शिप र ऊर्जालाई देशहितका लागि लगानी गर्नुका साथै दोहामा रहेका नेपाली समाजलाई सुमार्ग प्रशस्त गरी समाजका निम्ति विभिन्न कार्यक्रमहरूको तर्जुमा गर्दै असल नेतृत्वको विकास गर्नु, सामाजिक न्यायलाई समाजमा स्थापित गर्नु, समाजलाई उच्च नैतिक धरातलमा दोहोर्याउँदै समाज र देशका लागि असल नेतृत्वको विकास गर्नु गैरआवासीय नेपाली सङ्घ कतारको उद्देश्य हो l
तर, दुःखका साथ भन्नै पर्छ, मिति २१ अक्टोबर, २०२२ शुक्रवारका दिन कतारको दोहा स्थित नेपाली राजदूतावासको सभाकक्षमा भएको दशैँ, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा मो. मुक्तदा मुसलमानले एनआरएनए संस्थाकै धज्जी उड्ने गरी गर्नु भएको घृणित हरकतले दोहाको सिङ्गो नेपाली समाजको शिर झुकेको छ, यस अवाञ्छनीय खेदजनक घटनाप्रति गैरआवासीय नेपाली सङ्घ कतार गहिरो दुःख व्यक्त गर्दछौँ ।
नेपाली समाजको नेतृत्वकर्ता स्वयम् नै समाजको नैतिक सिद्धान्त तथा नियमहरू उल्लङ्घन गर्दै बोलाइएको अतिथि वक्ताको माइक खोस्न रोष्ट्रममा उत्रिनु भनेको नैतिक हीनताको पराकाष्ठा भएको गैरआवासीय नेपाली सङ्घ, कतारको समितिको बुझाई छ।
समाजको नेतृत्वकर्ताका लागि गलत व्यक्ति चुनिँदा यस्ता किसिमका गम्भीर दुर्घटना घटित हुने हुनाले भविष्यमा समाजको नेतृत्वकर्ता चयन गर्दा समाजले धेरै सोचेर, व्यक्तिका नीति, योजना, सक्षमता तथा आचरणहरू माथि विचार र विमर्श गरेर समाजको अग्रगामी विकासका निम्ति उचित नेतृत्वकर्ता छनौट गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ।
कतारमा रहेका सम्पूर्ण नेपाली समाजको आस्थाको धरोहर “नेपाली राजदूतावास”को प्राङ्गण भित्र मो. मुक्तदा मुसलमानले गरेको भौतिक आक्रमणकारी शैलीले नेपाली दूतावासको गरिमामाथि नै आँच आएको प्रति हामी गैरआवासीय नेपाली सङ्घ कतार क्षमाप्रार्थी छौँ ।
निज व्यक्ति मो. मुक्तदा मुसलमानले संस्थाको विधानको (धारा १० को ६ र २६ को ३) धज्जी उडाउँदै कार्यविधि विपरीत नक्कली पार्षद्हरू खडा गरी हैकमवादी शैलीमा समाज कब्जा गर्दा हुने यस्ता अराजक किसिमका दुर्गन्धित घटना आगामी दिनमा हून नदिन र समाजलाई पारदर्शी बनाई सत्यको पक्षपोषण गर्दै न्यायिक नजिर बसाल्न मो. मुक्तदा मुसलमानलाई गैरआवासीय नेपाली सङ्घ कतारको विधानको परिच्छेद ६ को दफा १८ को उपदफा ३ मा व्यवस्था भए अनुसार साधारण सदस्य समेत नरहने गरी कारबाही गरिन्छ।
अध्यक्ष
सुरेश भट्ट आश्रिन
एनआरएनए एनसिसी कतार
महासचिव
ध्रुवराज अधिकारी
एनआरएनए एनसिसी कतार
वोधार्थ
________
१)धरम केसी
एनआरएनए आइसिसी सल्लाहकार
२) सरिता चिलुवाल
एनआरएनए आइसिसी सदस्य
३)आर. सी पन्त
एनआरएनए आइसिसी सदस्य