देउसी खेल्न जानेक्रममा भिरबाट लडेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–१ बाघचौरमा देउसी खेल्न जानेक्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बाघचौरका ४१ वर्षीय सुकमान गोले भिरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो ।

उहाँको उपचारका क्रममा गएराति हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search