चितवनको मेडिकल कलेज अगाडि शंकास्पद बस्तु फेला

चितवन मेडिकल कलेजको गेटअगाडि एक शंकास्पद वस्तु भेटिएको छ ।

अस्पतालको मूल गेटको अगाडि बोतलमा तारहरू बाहिर देखिएको एक शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

त्यहाँ राखिएको वस्तु के हो भन्ने थाहा हुन सकेको छैन । डिस्पोजका लागि नेपाली सेनाको टोली बोलाइएको छ । शंकास्पद वस्तु भेटिएपछि अस्पताल क्षेत्र त्रास पैदा भएको छ ।

सीसीटीभी फुटेज निकालेर हेर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । शंकास्पद वस्तु भेटिएपछि पूर्वपश्चिम जाने सवारी साधनलाई डाइभर्ट गरेर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search