कतार स्थित राजदूतावासमा भएको शुभकामना आदान-प्रदान कार्यक्रममा बोलाएर देवकोटा माथी हातपात

दोहा,
शुक्रवार दोहा कतारको राजदूतावासको कार्यालयमा भएको शुभकामना आदान-प्रदान कार्यक्रममा गैरआवासिय नेपाली संघ (ओदाने) NRNA कतारका अध्यक्ष मूक्तदा मुसलमानले बागमती प्रदेश समन्वय समिति कतारका अध्यक्ष राज देवकोटामाथी अभद्र व्यवहार गरेका छन् उनले देवकोटाको हातबाट माईक खोस्दै शुभकामना दिनबाट रोकेका थिए ।

राज देवकोटाले प्रेश विज्ञप्ति निकाल्दै यसो भनेका छन् ।

एनआरएनए एनसिसी कतारका अध्यक्ष मूक्तदा मुसलमान द्वारा नेपाली दूतावासको प्रतिष्ठा माथिनै प्रश्नचिह्न खडा हुने गरी गरिएको हातपात प्रति बागमती प्रदेश समन्वय समिति कतार खेद प्रकट गर्दछौँ।

हिजो २१ अक्टोबर- NRNA NCC कतारले नेपाली राजदुतावासको सभाहलमा आयोजना गरेको दशैँ, तिहार र छठ पर्वको सुभकामना आदानप्रदान कार्यक्रममा बागमती प्रदेश समन्वय समिति कतारको अध्यक्षको हैसियतमा मैले मन्तव्य दिईरहदाँ विवादास्पद NRNA-NCC कतारका अध्यक्ष मुक्तदा मुसलमानले रोस्टमबाट उठेर मेरो माईक खोसी म प्रति गरेको हातपात अभद्र कुकृत्य व्यवहारको पराकाष्ठा हो ।

शुभकामना कार्यक्रममा बोलाईएको अथितिमाथिको अपमानित हर्कत क्षमायोग्य छैन। सिङ्गो समाजको नेतृत्व गर्ने हुँ, भन्ठान्नेबाट यस्ता अहंकारी र दम्भिपनाले समाजलाई डोर्‍याउने खल्डो तिर नै हो । तसर्थ यस्ता कुत्सित विचार बोकेबाट समाजको सर्वोपरी हित नहुने र समाजमा अराजकतावादी तत्त्वहरू हावी हुने हुँदा यस बारे नेपाली राजदूतावासले आवश्यक कदम उठाई मुक्तदा मुसलमानलाई समाजको नेतृत्वको भूमिकाबाट वञ्चित गरियोस् भनी ध्यानाकर्षण गर्दछौँ ।

नेपाली दुताबासको स्टेजको दुरुपयोग गर्दै- सामाजिक सद्भाव, सहिष्णुता र सामाजिक न्यायसहितको समाज निर्माणको यात्रामा लागेको सिङ्गो नेपाली समाजलाई अधिनायकवादी शैलीमा राजनीतिक आडमा खुलेआम समाज आफ्नो मुठ्ठीमा भएको, आफूले भने अनुसारको नभए समाज नै कब्जा गर्ने धम्कीपुर्ण विरोधाभास अभिव्यक्तिले नेपाली समाजको मात्र होईन स्वयं उपस्थित हुनू भएको महामहिम राजदूतज्युको अपमान समेत भएको हाम्रो बुझाई छ ।

दोहाको समाजभित्रका यस्ता पात्र र प्रवृत्तिबाट विचलित नहुन र सामाजिक हितमा सामाजिक न्यायको सिद्धान्तमा रहि समाजलाई यस्ता ब्यक्तिहरूबाट बचाई मिलिजुलीको नेपाली समाज निर्माणमा अग्रसर हून बागमती प्रदेश समन्वय समिति दोहाको सिङ्गो नेपाली समाजलाई आह्वान गर्दछौँ ।

राज देवकोटा
अध्यक्ष
बागमती प्रदेश समन्वय समिति कतार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search