कतारको फुटबल खेलमा राजदुत डा. नरेश विक्रम ढकालको उपस्थिति

दोहा,
आजभोली विश्वको ध्यान कतारमा छ । २० नोभेम्बर देखी १८ डिसेम्बर २०२२ सम्म हुने विश्वकप फुटबल खेल प्रति चासो नराख्ने विरलै होलान् सबैको नजर परेको कतारमा वर्ल्डकपलाई लक्षित गर्दै कतारमा श्रम गरिरहेका नेपालीले आफ्नो प्यासनलाई निरन्तरता दिदैँ २०११ मा collection football club (CFC) को स्थापना गरेका छन्।

CFC को आयोजनामा NRNA NCC कतारले सहकार्य र समन्वय गरी नेपाली समुदाय भित्रका खेलाडीहरूले डेढ महिनासम्म हरेक हप्ता शुक्रवार खेल हुनेगरी आयोजना गरेको नकआउट फुटबल खेल शुक्रवार राती त्यहाँका राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख उपस्थिति रहेको थियो । NRNA NCC कतारका अध्यक्ष सुरेश भट्ट, विशिष्ट र आयोजक क्लबका अध्यक्ष देवनारायण चौधरीको अध्यक्षतामा मिसाइद स्थित माईक स्पोर्ट्स खेल मैदानमा नेपाली दर्शकहरुको बाक्लो उपस्थितिका विच सम्पन्न भएको छ ।

शुक्रवार राती भएको नकआउट फुटबल खेलको पूर्वसन्यामा बंग्लादेश र नेपाल विच फ्रेण्डशिप खेल भएको थियो। उक्त खेलमा बंग्लादेशले नेपाललाई पेनाल्टीमा हराउँदैँ “फ्रेण्डशिप कप” हात पारेको थियो । अन्तिम चरणको फाईनल खेलमा आयोजक टिम CFC BLUE vs UYFC विच भएको फाइनल खेलमा आयोजक टिमलाई UYFC ले १ का विरुद्ध ३ गोल गर्दै प्रथम स्थान हाँसिल गर्‍यो।

विजयी टिम पहिलो र दोस्रो टिमलाई NRNA कतारका अध्यक्ष लगायत पदाधिकारीहरु मायाको चिनो आँखिझ्याल, सम्मानपत्र र शील्ड तथा नगद पुरस्कार वितरण गरेका थिए। नेपालीहरूको फुटबल खेलमा हौसला प्रदान गर्न राजदूत आउनु भएको यो पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search