विश्व कप नजिकिदै गर्दा शुक्रवार नेपाली टिमहरुको फुटबल महासंग्राम हुने

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

दोहा,कतार ।
कलेक्शन फुटबल क्लब सिएफसिले आयोजना गरेको दोस्रो नक आउट फुटबल प्रतियोगिताको खेलमा गत शुक्रवार छैटौँ हप्ताको खेल सिएफसिका अध्यक्ष देव नारायण चौधरिको सभपतित्व र अभिभावकीय भूमिका निभाई रहेका NRNA NCC कतारका अध्यक्ष सुरेश भट्ट तथा सामाजिक संस्थाका अतिथिहरूको उल्लेखनीय उपस्थितिमा प्रतियोगिताको सेमीफाईनल खेल सम्पन्न भएको थियो।
प्रतियोगिताको पहिलो खेलमा UYFC को तर्फबाट जर्सि नम्बर ९ का रोशनले निर्णायक १ गोल गर्दै Happies Bro FC लाई १-० ले हराउदैँ UYFC भोली शुक्रवार १४ अक्टूबरमा हुने फाईनलमा खेलमा प्रवेश गरेको छ । उक्त खेलमा म्यन अफ द म्याच UYFC का जर्सि नम्बर ९ का खेलाडी रोशन भएका थिए। सेमीफाइनलबाट बाहिरिएको ह्यापिज ब्रो टिमबाट उत्कृष्ट खेल प्रदर्शन गरेका विष्णु राईले म्यन अफ द म्याचको ट्रफी प्राप्त गरे l

सोही दिन भएको दोस्रो खेलमा CFC BLUE vs Petro fc विच भएको खेलमा CFC BLUE का जर्सी नम्बर ११ का मिलन र जर्सि नम्बर २१ का राजकुमार चौधरीले १/१ गोल गरेका थिए भने Petro fc को तर्फबाट जर्सि नम्बर २ का संजय मण्डले १ गोल गरी आयोजक टिम फाईनलमा प्रवेश गरेको छ । उक्त खेलमा CFC Blue का खेलाडी बसन्त तामाङ्ग किपर र देवराज चौधरी म्यान अफ द म्याच भएका थिए ।

भोली हुने फाइनल खेलमा CFC Blue vs UYFC विच निकै प्रतिस्पर्धात्मक महासंघ्राम खेल हुने छ । दुवै टिमका खेलाडीहरूले प्रथम श्रेणी हाँसिल गर्न कडा मेहनत भईरहेको खेल संयोजक राजकुमार बताउँछन् फाईनल खेलमा तेस्रो स्थान भने छैन।

हामिले फाईनल खेललाई कसरी प्रभावकारी ढंगले सम्पन्न गर्नूहुन्छ? भन्ने प्रश्नमा सीएफसीका अध्यक्ष देव नारायण चौधरी भन्नू हुन्छ, – अहिलेसम्मको तयारी राम्रै छ। नेपाली राजदूतावासमा महामहिम राजदूतज्युको गरिमामय प्रमुख उपस्थितिको लागी हामिले राजदूतज्यु संग भेट गरेरै पत्राचार गरिसकेका छौँ। वाहाँले आउने जानकारी दिनू भएको छ। हामिलाई फाईनल खेलसम्म साथ सहयोग गर्नूभएका NRNA NCC कतारका पदाधिकारी सदस्यहरूले विभिन्न तहतप्कामा समन्वय गर्दै हुनूहून्छ । प्रथम (पुरस्कार रियाल ५५५५) र द्वितीय (पुरस्कार ३३३३ रियाल) शील्ड, ट्रफीहरू र सहयोगीहरूलाई सम्मान पत्रहरू तयार भएका छन् खेलको शुभारम्भमा सांगीतिक प्रस्तुतिका साथै बाजले खेल मैदान गुञ्जाएमान हुने आशा राखेका छौँ । विश्वकप खेलको संघारमा नेपालीहरूको यती ठुलो संख्यामा सहभागी टिमले हामिलाई झनै उत्साहित बनाएको छ। भोली फुटबल खेलप्रेमी दर्शकहरुको उत्साहजनक माया पाउने आशा गरेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...