माओवादी केन्द्रका उमेदवार बाल कृष्ण गैरेको उम्मेदवारी फिर्ता

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

कल्पित सुवेदी, कावासोती । नवलपुर निर्वाचन क्षेत्र न २ का माओवादी केन्द्रका उमेदवार बाल कृष्ण गैरेको उमेदवारी फिर्ता भएको छ । उम्मेदवारी को बिषय लाई लिएर दिउँसो झडपको अबस्था सृजना भएको थियो । त्यसैगरी नवलपुर निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा अन्तर्गत ३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा माओवादी केन्द्रका बाल कृष्ण शर्मा , सागर पाठक र लाल बहादुर मल्ल रहेका छन । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा तर्फ (क) मा उमेदवारी दिएका बिष्णु प्रसाद लामिछाने र चेतनाथ पोख्रेलले उम्मेदवारी फिर्ता गरेका छन् ।

त्यसैगरी नवलपुर निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा तर्फ एक जनाको उमेदवारी फिर्ता भएको छ । मोहन आचार्य ले उमेदवारी फिर्ता गरेका हुन् । त्यसै गरि प्रदेश तर्फ (क) बाट सरोज कंडेल र (ख) बाट ठाकुर प्रसाद चापागाईंले उमेदवारी फिर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...