नवलपुरमा ग्याँस बुलेट दुर्घटना, एक जनाको मृत्यु, एक जना घाइते

रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीमा ग्याँस बुलेट बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।

नवलपुर प्रहरीका अनुसार भारतबाट ग्याँस बुलेट बोकेर काठमाडौं आउँदै गरेको एनएल ओएल २४६० नम्बरको ग्याँस बोकेको ट्रक एक्कासी अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी घटना स्थलमै भारतको उत्तरप्रदेश निवासी १८ बर्षीय जयनारायण पालको निधन भएको प्रहरीले जनाएको छ । ट्रक विनयी त्रिवेणी गाउँपालिका २ ज्यामिरेमा दुर्घटना भएको हो ।

त्यसैगरी दुर्घटनामा परी ४२ बर्षीय अजयकुमार सिंह घाइते भएका छन् । मृतकको शव पोष्टमार्टकका लागि मध्यविन्दु जिल्ला अस्पताल राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search