कार्तिक २ र ३ गते भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाईदै

सरकारले ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन थालेको छ । आगामी कार्तिक २ र ३ गते भिटामिन ए खुवाउने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका निर्देशक डा.विवेक कुमार लालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरी भिटामिन ए कार्यक्रमबारे जानकारी दिएको छ ।

कार्यक्रम सञ्चालनका लागि सहयोग तथा प्रचार प्रसारका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सवन्वय गर्न महाशाले अनुरोध गरेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई समेत जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search