नवलपुर बाट प्रतिनिधि र प्रदेश गरि अहिलेसम्म तीन जनाको मनोनयन दर्ता

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

कावासोती । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नवलपुरबाट अहिलेसम्म ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभातर्फ २ जना र प्रदेश सभातर्फ १ जनाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय नवलपुरका सुचना अधिकारी महेन्द्र पौडेलले जानकारी दिनुभयो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा दिउँसो १ बजेसम्म नवलपुर क्षेत्र नम्बर १ बाट गैंडाकोटका एकनाथ पोख्रेलले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । उहाँ नै मनोनयन दर्ता गराउनेमा जिल्लामा पहिलो हुनुहुन्छ ।

त्यस्तै नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि हाम्रो नेपाली पार्टीबाट देवचुली १२ का तुलसीराम भुषालले मनोनयन दर्ता गराउनुभएको हो ।

आज बेलुका ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुइँटेलले जानकारी दिनुभयो । प्रतिनिधि सभाको मनोनयन दर्ता गराउन १० हजार र प्रदेश सभा मनोनयन दर्ता गराउन ५ हजार शुल्क तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...