झापा-५ मा एमाले अध्यक्ष ओलीको उम्मेदवारी दर्ता, भाबी प्रधानमन्त्री भन्दै कार्यकर्ताको नाराबाजी
झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उमेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । झापाका पाँच निर्वाचन क्षेत्रमध्ये चारवटामा एमाले र एकमा राप्रपा र एमालेबीच तालमेल भएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भित्र उमेद्वारी दर्ता गरिरहँदा बाहिर भने समर्थकले ओली भाबी प्रधानमन्त्री भन्दै नाराबाजी गरेका थिए।
Post Views: 1,114