नवलपुरमा अहिलेसम्म पनि भएनन मनोनयन दर्ता

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

पुर्वी नवलपरासी । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनका लागि दलहरुले मनोनयन पत्र लिएपनि नवलपुरमा अहिले सम्म कसैले पनि दर्ता गराएका छैनन् ।

कावासोती नगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारीहरु पूर्ण तयारी अवस्थामा रहेका छन्। आज बेलुका ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुइँटेलले जानकारी दिनुभयो । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ हेर्दै आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अहिले १२ बजेसम्म कसैले पनि मनोनयन दर्ता नगराएको उहाँले बताउनुभयो।

उहाँका अनुसार मुख्य निर्वाचन कार्यालय परिसरमा २५ जना भन्दा बढीलाई प्रवेशमा निषेध गरिएको छ । बाजागाजा बजाउन नपाउने गरी मनोनयनको व्यवस्था गरिएको उहाँले बताउनुभयो।

त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ हेर्दै आएको निर्वाचन अधिकृतको कार्यालयमा समेत कसैले उम्मेदवारी दर्ता नगराएको निर्वाचन अधिकृत कमलराज पन्थीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...