तनहुँको भिमाद हुँदै ऋषिङ्ग , घिरिङ, पाल्पा, स्याङ्गजा र नवलपुर जोड्ने श्रीङ्गपथ मोटरमार्ग अन्तर्गत सुनाकोट सडकखण्डमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।
घिरिङ ५ देउराली देखि ५०० मिटर तल बाटोको तल्लो सतह भासिएर पहिरो गए पछि ४ पाङ्ग्रे सवारी चल्न अबरुद्ध भएको हो भने मोटरसाइकल जस्ता दुई पाङ्ग्रे सवारि साधन चलिरहेको छ।
लगातार अबिरल बर्षाका कारण गएको पहिरोले बाटो अबरुद्ध भए पछि घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले
सो ठाउँको अबलोकन अध्ययन गरि छिमेकी पालिकाहरु बिच समन्वय गरि भित्ता कटान गरेर बाटो खुलाउने जानकारी दिनु भएको छ। अध्यक्ष थापाले सोही दिनमै घिरिङ २ भोरकोटमा पहिरो गएपछी आफै गएर जेसिबी मार्फत पहिरो हटाउने कार्य गर्नु भएको हो। यसैगरी उहाँले भिमाद हुँदै जाने यात्रु लाई होशियारपूर्वक यात्रा गर्न अनुरोध गर्नु भएको।
यसै गरि देउराली देखि सेर्का सम्म धेरै ठाउँमा ढिस्को झरेकोले उच्छ जोखिम रहेको छ। भिमाद नगरपालिकाले जेसिबी मार्फत सेर्कामा पहिरो पन्छाएको थियो । ईलाका प्रहरि भिमार र घिरिङ्गको टिमले पनि सेर्कामा पहिरो हटाउन खटिएको छ ।