प्रचण्डले चितवन छोड्नु चितवनबासीका लागि दुर्भाग्य : रेनु दाहाल

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चितवन छोड्नु चितवनबासीका लागि दुर्भाग्यपूर्ण भएको बताएकी छिन् ।

मेयर दाहालले मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड चितवन ३ छोडेर गोरखा २ बाट चुनाव लड्ने अवस्था आउनु दु:खद र चितवनबासीका लागि दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएकी हुन् ।

उनले फेसबुकमा पोस्ट गर्दै भित्री बाहिरी षड्यन्त्रकारीहरुको नियतको कारण यो अवस्था आएको समेत बताएकी छन् । ‘दुखद: चितवनवासीका लागी दुर्भाग्य । स्तब्ध, भित्री बाहिरी षड्यन्त्रकारीहरूको नियत ईतिहासले पक्कै उजागार गर्नेछ’, उनले लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...