यो वर्षको विजयादशमीको साइतको टीका लगाइएको छ । साइतमै लगाउनेहरूले बिहान ११ बजेर ५१ मिनेटको उत्तम साइतमा टीका लगाएका छन् । टीका थाप्न मान्यजन र आफन्तकाेमा पुग्नेहरूको चहलपहल पनि सुरु भएको छ ।
दशैँको साइतको टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरूको सडकमा चहलपहल सुरु भएको हो । निधारमा रातो टीका लगाएका मानिसहरु सडकका देखिएका छन् । सार्वजनिक गाडी फाट्टफुट्टरूपमा मात्रै चलेका छन् भने निजी गाडीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा आउने जाने गरिरहेका छन् ।
Post Views: 107