नवलपुर जिल्लाकाे पहाडि सडक अवरुद्ध,दसैंमा टीका लगाउन हिड्नेलाई सकस

नवलपुर जिल्लाकाे दलदलेबाट पहाडि क्षेत्रमा अविरल आएकाे बर्षाकाे कारण पाहाडि मुख्य सडकमा जिप पुरिदा सडक अवरुद्ध भएकाे लेकबेशि यातायात व्यावसायि समितिका अध्यक्ष युवराज बस्यालले जानकारी दिनुभयो ।
जिपमा सवार सबै यात्रुहरु सकुशल रहेका छन । पाहाडि क्षेत्र राईकाेटबाट दलदले आउदै गरेको गण्डकी प्रदेश ०४-००१ ज ००६ नम्बरको जिप हुप्सेकाेट र देवचुलिकाे सिमाना क्षेत्र पाङ्ग्रे ( सिमल गैरा) मा माथिबाट आएकाे पहिराेले जिप पुरिन गएकाे हो ।
पाहाडि क्षेत्रमा जाेडिने मुख्य सडकमा पहिराेबाट जिप पुरिदा पाहाडि क्षेत्रबाट अाएका र दलदले , कावासाेतिबाट पाहाडि क्षेत्र गएका सवारि साधन बाटामै अलपत्र परेकाे हो ।
पहिराेमा पुरिएकाे सवारि साधन क्षेत्रमा माथिबाट पहिराे अाउन नराेकिएका कारण तुरुन्तै बाटाे संचालनमा अाउने सम्भावना समेत नरहेकाे अध्यक्ष बस्यालले जानकारी दिनुभयाे ।  समाचार : सामर्थ्य एफएम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search