गुल्मीमा जिप दुर्घटना हुँदा २ घाइते

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

रूपन्देही । गुल्मीमा जिप दुर्घटना हुँदा २ जना घाइते भएका छन् । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार गएराती रेसुङ्गा नगरपालिका-४ अर्खलेमा जिप दुर्घटना भएको हो ।

१० जना यात्रु लिएर बुटवलबाट गुल्मीको अर्जेतर्फ गएको लु १ ज ४४४८ नम्बरको जिप तम्घास-सिमलटारी सडक खण्ड अन्तरगत अर्खलेमा दुर्घटना हुँदा रुपन्देही बुटवल-१४ कि ३५ वर्षीया देवकला अर्याल र जिप चालक २६ वर्षीय कृष्ण सुनार घाइते भएका छन् ।

उनीहरुलाई उद्दार गरी थप उपचारका लागि सदरमुकाम तम्घास ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...