चितवन – दसैंमा मासु खाने क्रममा हड्डी अड्किएर चितवनमा एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालिका नगरपालिका ८ गैरीबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको रहेका छन् । सोमबार अष्टमीको दिन साँझ ७:३० बजे मासु खाने क्रममा उनको घाँटीमा हड्डी अड्किएको थियो ।
हड्डी अड्किएका उनलाई सोमबार नै राति ८:१५ बजे उपचारका लागि कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) ल्याईएको थियो । अस्पताल ल्याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
Post Views: 1,246