देवचुली बाट दुई महिला बसमा चोरी गर्दैगर्दा ४० हजार नगद सहित पक्राउ

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

देवचुली । देवचुली १५ प्रगतीनगर बाट दुई महिलालाई बसमा चोरी गर्दै गर्दा प्रहरिले प्रकाउ गरेको छ । पुर्वी नवलपरासीको देवचुली नगरपालिका –१५ , प्रगतिनगरबाट उनिहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो ।

नारायणगढ–बुटवल स्थानीय रुटमा चल्ने बसमा चोरी गर्दै गर्दा पर्सा विरगंज महानगरपालिका –९, बस्ने २० वर्षीय संगिता मुसहर र सोहि ठाउँ बस्ने २१ वर्षीय फूलकुमारी मुसहरलाई पक्राउ गरिएको सूचना अधिकारी पाठकले बताउनुभयो । उनिहरुको साथबाट नगर रु ४० हजार समेत बरामद गरिएको उहाँले बताउनुभयो । चाडपर्व नजिकिदै गर्दा सवारीसाधनभित्र चाप र भिडभाड बढ्ने हुँदा चोरी गर्ने गिरोहको संख्या बढ्न सक्ने र त्यस्तोमा आफै सजकता अपनाउन समेत उहाँले आग्रह गर्नु भयो । भिडभाडमा जाँदा वा कुनै सवारीसाधनको प्रयोग गर्दा सावधानी रहेर यात्रा गर्न सबैमा अनुरोध समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...