गायक कमल खत्री र गायिका मेलिना मैनालीले गरे विवाह

काठमाडौं : गायक कमल खत्री र गायिका मेलिना मैनालीले विवाह गरेका छन्। केहिदिन अघि ‘इङ्गेजमेण्ट’ गरेका खत्री र मैनालीले विवाह गरेका हुन्। दुई जनाको परिवारको मात्रै उपस्थितिमा विवाह भएको खत्रीले जानकारी दिएका छन्।

‘घर परिवारको उपस्थितिमा मात्र सामान्य तरिकाले हामीले विवाहह गरेका हौं,’ खत्रिले आज फेसबुकमा जानकारी दिँदै भनेका छन्।

प्रेम सम्बन्धमा रहेका खत्री र मैनालीले पछिल्लो समय आफ्नो सम्बन्धबारे खुलेर जानकारी दिएका थिए। दुबैजनाले विभिन्न गीतमा सहकार्य गरेका छन्। मैनालीको ‘फोटो खिचेर राख’ लगायतका गीत चर्चित छन् भने खत्रीका ‘आत्मामा’, ‘जाउँला रेलैमा’ लगायतका गीत चर्चित छन्।

यस्तै, दुबै जनाले ‘गुन गुनाउने बानी’, ‘फिका फिका’ लगायतका गीतमा सहकार्य गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search