कावासोती । नवलपुर उद्योग बाणिज्य संघको आयोजनामा नेपालीहरुको महान पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शुभकामना आदान प्रदान कार्यक्रममा बैकले चर्को व्याजदर बृद्धिको विरोध गर्दै राज्य उद्योगी व्यापारीको पक्षमा नरहेकोले आर्थिक संकट बढ्दै गएको, उद्योग व्यावसाय धरासही बन्दै गएको भन्दै चाढ पर्वमा अनुगमनको नाममा उद्योगी व्यापारीलाई मानसिक एवम् व्यापारीक समस्या दिएको बताएका छन ।
नवलपुर जिल्ला प्रशासनले अनुगमनको क्रममा भिन्न स्थानमा म्याद गुज्रीएको सामानहरु स्टोर गर्दा समेत जफत गर्ने कार्यले उद्योगीहरुलाई त्रसीत गराएको भन्दै यस्ता गतिविधी रोक्न समेत माग गरेका थिए ।
नवलपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष शालिकराम ढकाल, नेपाल पत्रकार महासंघ नवलपुर शाखा अध्यक्ष बिरेन्द्र पराजुली, संघका निवर्तमान अध्यक्ष डासुराज पोख्रेल, राष्ट्रय बाणिज्य बैक कावासोती शाखाका शाखा प्रवन्धक सविनराज अधिकारी लगायतले व्यावसाय संचालन गर्न राज्य पक्षले सहयोग नगरेको आरोप लगाए ।
नवलपुर उद्योग बाणिज्य संघको सभाहलमा संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालको अध्यक्षता एवम् नेपाल उद्योग महासंघ गण्डकी प्रदेश उपाध्यक्ष ओम प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
शुभकामना कार्यक्रममा जिल्लाका बस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रम संघका महासचिब सागर पोख्रेलले सहजीकरण गर्नुभएको थियो । नवलपुर प्रेसमा खबर छ